काठमाडौं । नेपाली कांग्रेस पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू सानेपास्थित एक अपार्टमेन्टमा आइतबार छलफलमा जुटेका छन् ।

पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न का लागि नेताहरू प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधि, प्रकाशशरण महत, कृष्ण सिटौला र डा. शंशाक कोइराला सहभागी भएका थिए ।