काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारीमा खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी खत्रीले आइतबारदेखि नै पदभार ग्रहण गर्नेछन् । २०७८ साल जेठ ३ गतेदेखि लागू हुने गरी खत्रीले पहिलो पटक प्रमुख कार्यकारीका जिम्मेवारी सम्हालेका थिए ।