काठमाडौं । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ–टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको हो । ‘म्याक्सस इ–टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । तीन हजार पाँच सय १९ मिटर (११ हजार पाँच सय ४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको कम्पनीको दाबी छ ।
नेपालको इतिहास मै पहिलोपटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिकरूपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअपभन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ ।
किन मनाङमा गरियो सार्वजनिक ?
हिमालय मोट्रक्सले म्याक्सस इ–टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नवीनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो । कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज सञ्चालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।
सहरी सडकदेखि हिमाली बाटासम्म सहजै सञ्चालन गर्न डिजाइन गरिएको म्याक्सस इ–टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअप हो । यसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ । यसमा डुअल मोटर ४डब्लू डी, ७०० एनएम टर्क र उच्चतम गति १९० केएम/एच क्षमता रहेको छ । साथै, यसमा एक सय दुई दशमलव दुई किलोवाट एलइफपी ब्याट्री रहेको छ भने यसको अधिकतम रेन्ज पाँच सय ६० किमी छ । २०–८० प्रतिशत चार्ज केवल ४२ मिनेटमा हुने यसको ब्याट्रीको वारेन्टी आठ वर्ष वा दुई लाख किमि रहेको छ । यसमा हिटेड, भेन्टिलेटेड, म्यासेज फिचरसहितको टु–टोन लेदर सिट (मेमोरीसहित), डुअल १२ दशमलव तीन इन्च डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल, प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङलगायतका इन्टेरियर र लक्जरी सुविद्या छन् ।