काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवी लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ । यसअघि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन । अहिले भने सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटिमा रिहा गरेको थियो । तर,उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि लामिछाने त्यसको बिरुद्ध सर्वोच्च अदालतमा निवेटन दिएका थिए ।