काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीको संवावना संगै शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार बिहान प्रधान सत्ता गठनबन्धनबिच गर्भनरको बिषयमा सहमती जुटेको र आज नैं डा. बिश्व पौडेलललाई नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर नियुक्ती गर्ने संभावना कै बिचमा शेयर बजारले नयाँ उचाई लिएको हो । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको नेप्से आज मंगलबार ४९ दशमलव शुन्य नौं अंकले उकालो लागेर २६ सय ७७ दशमलव ४५ बिन्दुमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले उकालो लागेर चार सय ५१ दशमलव शुन्य एक बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ७३ हजार ५४ पटकको कारोबारमा एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।