काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका १५ स्थित स्वयम्भुनाथ स्तुपा परिसरमा श्रद्धालुहरूलाई सामूहिक भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ । नकर्मी समाजको सहकार्यमा फाइनान्सले सो कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका अनुपालन अधिकृत सन्तोषकुमार चौरसियालगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सबिना श्रेष्ठलगायत संस्थाका अन्य कर्मचारीहरू तथा नकर्मी समाजका सदस्यहरूको उपस्थिति रहेको थियो । संस्थाले विगतदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक कार्य गर्दै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
संस्थाले हाल देशभर २३ वटा शाखा कार्यालय र चार वटा विस्तारित काउन्टरहरूबाट वित्तीय सेवा तथा एटीएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाजस्ता आधुनिक बैंकिङ सेवासुविधाहरू प्रदान गर्दै आइरहेको मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गले बताइन् ।