काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक विक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई मक्स्ट्राअर्डिनरी एआईओएन भीको आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ ।
साथै, कम्पनीले राउतलाई एआईओएन भी गाडी हस्तान्तरण समेत गरेको छ । एआईओएन भीले ईभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ । सीजी मोटर्सका जीएम–सेल्स, सुशील क्षेत्रीका अनुसार यस गाडीको ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफजस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ । यसमा रहेको ७५ दशमलव तीन किलोहर्ज क्षमताको ब्याट्री तथा छ सय ५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेन्ज एङ्जायटीलाई पूर्णरूपमा हटाउँछ । कलाकार राउतले एआईओएन भीको लक्जरी, स्मार्टनेस र व्यावहारिकता आफूलाई मन परेको बताइन् । मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटरजस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको उनको भनाइ छ । यसले नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान सहयोग गर्ने उनले बताइन् ।