काठमाडौं । सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गराएका एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन् । जिल्ला अदालतले ठगी मुद्दामा दोषी ठहर गरेपछि पक्राउ परेका हुन । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको छ ।
अर्याललाई आवश्यक अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ । उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए ।
नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्य समेत रहेका छन् । उनी एमालेबाटै पर्यटन बोर्डको सदस्य समेत भएका थिए ।अर्याल हाल नेकपा एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत हुन् ।