काठमाडौं । तीनकुने घटनाको मुख्य अभियुक्त दुर्गा प्रसाईं सहित ५६ जनालाई अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले प्रहरीको अनुरोधलाई स्विकार गर्दै म्याद थप गरेको हो ।

चैत १५ गते तीनकुनेमा गरिएको राजावादी प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाईं रहेको थिए । उनको नेतृत्वमा भएको आन्दोलनमा धनजनको क्षेती भएको थियो ।