काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को एजेन्ट रहेको आसंकमा एक जना नेपालीलाई भारतको सरकारले दिल्लीमा पक्राउ गरेको छ । भारतीय संञ्चारमाध्यमहरुका अनुसार पक्राउ पर्नेमा अन्सरुल मियान अन्सारी रहेको बताइएको छ ।
उनलाई दिल्ली पुलिसले भारतबिरुद्ध झासूस गरेको आरोपमा पक्राउ गरेको हो । उनी पाकिस्तान जान लागेको समयमा पक्राउ परेका थिए । कतारमा ट्याक्सी चालक भएको समयमा उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको समाचारमा दाबी गरिएको छ ।
विगतमा आईएसआईका लागि काम गरेको आरोप लागेका कतिपय नेपालीहरु अज्ञात व्यक्तिको गोली प्रहारबाट विभिन्न स्थानमा मारिएका समेत छन् । आफ्ना नागरिक मारिदा र बिभिन्न देशका एजेन्टहरु बनेर काम गर्दा समेत सरकार भने बेखबर जस्तै बनेको छ ।