काठमाडौं । केज व्याट्रीको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ आयोजना गरेको छ । कम्पनीले हालै चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सो मिट आयोजना गरेको हो । सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरूले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजनाबारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए ।
सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको गुणस्तर, विश्वसनियता र देशव्यापी वितरण क्षमताको बारेमा जानकारी प्रदान गरेका थिए । यस्तै, अतिरिक्त केजको उत्पादन क्षमताका बारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थियो । सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको बारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजनाबारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतीकरणमार्फत जानकारी प्रदान गरेका थिए । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभावबारेमा तथ्याङ्कीय प्रस्तुतीकरण गरिएको थियो ।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपाङ्ग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको छ ।