काठमाडौं । बजाज मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक विक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलोपटक बिर्तामोडमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सञ्चालनमा ल्याएको छ ।
बिर्तामोडको वान स्टप मल अगाडि जेठ ४ गतेदेखि यो मेला चलिरहेको छ । शुक्रबारसम्म चल्ने मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलको दाबीअनुसार बिर्तामोडमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्याङ्कन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकको बाइकको न्यायोचित मूल्याङ्कन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरूले पाउनेछन् । यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेटलगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्णरूपमा हटाएको छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् । वान स्टप मलअगाडि आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने छन् ।