काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछाने र र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश थिएको छ । शुक्रबार साझ न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
चैत २५ गते उच्च अदालत तुलसीपुर अदालत बुटवल इजलासले लामिछानेलाई रुपन्देही अदालतको धरौटीमा छाड्ने आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
सोही दिन राति काठमाडौंबाट पक्राउ परेका उनलाई अर्को दिन रुपन्देही ल्याएपनि बिदा परेपछि चौथो दिन जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलान गरिएको थियो ।
जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए। जसउपर उच्च अदालतले गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
यस्तो छ पूर्ण पाठ