काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले राजविराजको रुपनीमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जुनसुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाटको आकर्षक योजना आज आइतबारदेखि सुरू भएर जेठ १६ गतेसम्म चल्नेछ । राजविराजको रुपनी रोड (नेपाल टेलिकमको टावर नजिकै) आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
झण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।