काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ । यसअघि गर्भनरको दौडमा समावेश हुनका लागि डा. भट्टले राजीनामा दिएका थिए । तर सबै कुरा मिल्दामिल्दै पनि राजनीतिक खिचातानी र दाउपेचका कारण उनी गर्भनर बन्न असफल भएका थिए । कार्यकारी निर्देशक भट्टले यसअघि दिएको राजीना नवनियुक्त गर्भनर डा विश्व पौडेलले अस्वीकृत गरेका हुन् ।
राजीनामा अस्वीकृत भएसँगै डा भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सारिएको छ । काजमा राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा भट्टलाई ल्याइएको हो । अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन् ।