काठमाडौं । ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरूले पाँच सय रुपैंयाँ ‘क्यासब्याक’ प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजनामार्फत बैंकका ग्राहकहरूले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति ५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ ।
यस विशेष अभियान यही जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ । साथै, डिजिटलाइजेसन सेवालाई सक्रियरूपमा प्रवद्र्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५९ वटा न्यानो नानीमार्फत हरेक वर्ष २१८३ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ कर तिरेको छ । साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म करिब १५ करोड रुपैंयाँ करस्वरूप बुझाइसकेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।