काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका वडा नं.–२ आवारोडस्थित इला कम्फर्ट होटल एन्ड रिर्साेटबीच सम्झौता भएको छ । एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
इला कम्फर्ट होटल एन्ड रिसोर्टका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बि.सि.ओ.)– राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एन्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जनलगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पूजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।
बाग्लुङमा पञ्चकोट, शालिग्राम संग्रहालय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ । पर्यटकीयस्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्फर्ट होटल एन्ड रिसोर्ट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।