काठमाडौं । शेयर बजार परिसुचक नेप्सेको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन आठ दशमलव ५७ अंकले खुम्चिएको नेप्से परिसुचक आज पुन पाँच दशमलव २१ अंकले ओरालो लागेर २६ सय ७४ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले घटेर ओरालो लागेर चार सय ५६ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको ६९ हजार छ सय ५१ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ५० हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५८ करोड ५० लाख २२ हजार पाँच सय ९० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैक र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेको छ भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।