काठमाडौं ।सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ र कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका छन् ।
असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ ।
नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको थियो भने पोखरामा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग दावी गर्दै २०८० भदौ १२ गते देवकुमारसहित १५ जनालाई विपक्षी बनाएर अभियोग कास्की जिल्ला जिल्ला अदालतमा दर्ता भएको थियो । सहकारी खोलेर बचत रकम अपचलन गरेको आरोपमा उनीविरूद्ध अदालतमा मुद्दा चलिरहेको छ।