कपिलवस्तु, साउन २१
कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ वर्षीय विनोद सोनारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले सोनारलाई मंगलबार पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ । पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको एपीएफले जनाएको छ ।