काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रले शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष मिश्रले औपचारिकरूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत सेवा दिँदै आएको छ । यसका अतिरिक्त फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।