वीरगञ्ज (पर्सा) । प्रहरीले पर्साका दुई जनालाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरेको छ । बलात्कारको अभियोगमा जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको हो ।
भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले जानकारी गराए । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए ।
अभियोग लागेका यादव र पासवानलाई पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।