काठमाडौँ । कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा भूकम्प गएको छ । बुधबार ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।