काठमाडौं । कांग्रेसका पूर्वसांसद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ । जिल्ला अदालत रौटहटले दोषी ठहर गरेका आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाइ दिएको हो । आलम राजपुर बम बिस्फोटको घटनामा घाइतेहरुलाई जिउदै जलाएको र हत्या गरेको आरोपमा जेलमा रहेको थिए ।