काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि साउदलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यसअघि नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेका साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा व्यवस्थास्थापन प्रमुखको रुपमा लामो समयसम्म काम गरेको अनुभव छ ।