काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाइट नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।
कम्पनीले एक विशेष स्ट्यान्डअप कमेडी सो ‘द लाइट सो’ मार्फत यो स्मार्टफोन सार्वजनिक गरेको थियो । शक्ति, उच्च प्रदर्शन र प्रोफेसनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो । कम्पनीका अनुसार भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्रीे भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो । ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पूरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ । साथै, पाँच वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ ।
फोनमा रहेको छ दशमलब ७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४ दशमलव दुई प्रतिशत स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्दछ । ७ दशमलव ७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो–रिङ क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसको प्रिमियम डिजाइनलाई अझ निखार दिन्छ । फोनको कम्प्रेहेन्सिव कुशनिङ डिजाइन, एसजी एस पाँच स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसनजस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ । भिभो भी ५० लाइट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ– मिडियाटेक डिमेन्सिटी ६३०० (फाईभजी) वा स्नापड्रागन ६८५ (फोर जी) । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मुद मल्टिटास्किङ सुनिश्चित गर्छन् ।
फोनमा रहेको ५० एमपी सोनी आईएमएस् ८८२ मुख्य क्यामेराले औरा लाइट पोर्टेट र २एक्स गोल्डेन पोर्टेटजस्ता सुविधा प्रदान गर्छ । सेल्फीप्रेमीहरूका लागि समर्पित ३२ एमपी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउछन् । भिभो भी ५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ । यसको मुल्य ८/२५६ जीबी स्टोरेज (फोर जी) संस्करणको ३७ हजार ९ सय ९९ रुपैयाँ र १२/२५६ जीबी स्टोरेज (फाईभ जी) संस्करणको ४५ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहजरूपमा उपलब्ध छन् ।