ढाका । बंगलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान सरकारविरूद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।
सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरिएदेखि नै करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली राष्ट्र बंगलादेशमा राजनीतिक उथलपुथल देखिएको छ । हसिनाको १५ वर्ष लामो अधिनायकवादी शासनविरूद्धमा जबसम्म विद्यार्थी नेतृत्वको आन्दोलनले विद्रोहको नेतृत्व गरेन र उनलाई सत्ताबाट हटाएन तत्कालीन प्रशासनले विपक्षीका आवाजहरूलाई दबाएरै राख्यो । दुई करोडभन्दा बढी जनसंख्या रहेको ढाकामा बुधबार विभिन्न समूहका गरी कम्तीमा आधा दर्जन प्रदर्शन भएका थिए ।
यो एक सामान्य दिन थियो, राजनीतिक र्याली र प्रतिरोधमा भएका प्रदर्शन, मजदुर हडताल र एक इस्लामी नेताको मृत्युदण्डबाट रिहाईको उत्सवसहितका प्रदर्शनहरू ढाकाका विभिन्न भागमा एकै दिनमा भएका छन् ।
‘१४ वर्षसम्म जेलमा बसेपछि आज बिहान रिहा भएँ,’ देशको प्रमुख इस्लामिक पार्टी जमात–ए–इस्लामीका हजारौँ समर्थकलाई हात हल्लाउँदै एटीएम अजहरूल इस्लामले भने ।
सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएर युद्ध अपराधबाट सफाइ दिएको एक दिनपछि वरिष्ठ नेतालाई मध्य ढाकास्थित कारागारबाट रिहा गरिएपछि खचाखच भरिएको भीडले जयजयकार गरेको थियो । उनले भने, ‘विगतमा अदालतमा राजनीतिक प्रभाव थियो हामी आशा गर्दछौँ, अदालतले आगामी दिनमा जनताले न्याय पाऊन् भन्ने सुनिश्चित गर्नेछ’, इस्लामले भने ।
बामपन्थी पार्टीहरुले उहाँको रिहाइको विरोधमा प्रदर्शन गर्ने बताएका छन् । नयाँ पल्टननजिकै रहेको रम्ना पार्कमा बंगलादेश नेसनल पार्टी (बीएनपी)को समर्थनमा निकालिएको ¥यालीमा हजारौँले सडक जाम गरेका थिए ।
अन्तरिम सरकारले सन् २०२६ को जुन महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको निर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । दशौँ हजार मानिसहरू आफ्ना मागहरू लिएर दैनिक ढाकाका प्रमुख चोकहरूमा भेला हुन्छन् भने सर्वसाधारण ट्राफिक जामले भरिएका सडकहरूमा घन्टौँ लगाएर यात्रा गर्न बाध्य छन् ।
‘दिनको समयमा सबै मुख्य सडकहरू अवरुद्ध हुन्छन्’, कुखुरा व्यापारी जकिर हुसेनले बुधबार भने, ‘हामीले आफ्नो तालिका परिवर्तन गर्नुपरेको छ । म अहिले मध्यरातमा काम सुरु गर्छु, यद्यपि कानुन र व्यवस्थाको स्थिति हरेक दिन बिग्रँदै गइरहेको छ र लुटपाटहरू सामान्य भइसकेका छन् ।’ गत वर्ष हसिनालाई सत्ताच्युत गर्ने विरोध प्रदर्शनलाई दबाउन प्रहरीले प्रयास गर्दा र असफल हुँदा भएको हिंसालाई सम्झेर यसले धेरैलाई चिन्तित बनाएको छ ।
बंगलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारका रुपमा नेतृत्व गरिरहेका छन् । कारले शनिबार ‘अनुचित माग’ र अवरोधले आफ्नो काममा निरन्तर अवरोध पु¥याइरहेको चेतावनी दिएको छ । रासस/एएफपी