काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको जनाएको छ ।