काठमाडौँ : गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै संसदमा रहेको विपक्षी दलहरुले गृहमन्त्रीको राजिनामा मागेर संसद अवरुद्ध गरिरहैकै समयमा सोही काण्डको अनुसन्धान गरिरहेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोजका अनुसन्धान अधिृकतको सरुवा गरेको भन्दै व्यापक दबाब भएपछि सरुवा रोकिको छ । भिजिट भिषा काण्डमा अख्तियारमा रहेर अनुसन्धान गरिरहेका नेपाल प्रहरीका डिआईजि हिमालयकुमार श्रेष्ठलाई शुक्रवार गृहमन्त्रालयले मन्त्रीस्तरिय निर्णय भन्दै सरुवा गरेपछि गृहमन्त्रीको नियतमाथी व्यापक प्रश्न उठेको थियो भने लगत्तै गृहमन्त्रालयले सरुवा रोकिएको छ । आफुमाथी समेत अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतको सरुवा गरेसंगै गृहमन्त्री लेखकको नियतमाथी समेत व्यापक प्रश्न उठेको छ । गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजीको पदस्थापन गरेसँगै अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठलाई पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय गरेका थिए। तर, १३ गते ९मंगलबार० को मितिमा भएको उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्रीको आलोचना हुन थालेपछि तत्काल कार्यन्वयन नगर्ने पक्षमा रहेको उनको सचिवालयले जानकारी दिएको छ। यदि श्रेष्ठलाई अख्तियारबाट सरुवा नगरे रानीपोखरी कार्यालयमा ओमबहादुर रानालाई खटाइने भएको छ। यसअघि श्रेष्ठलाई अख्तियारबाट सरुवा गरेर रानालाई अख्तियारमा पदस्थापन गर्ने निर्णय भएको थियो। अख्तियारमा भिजिट भिसाको सेटिङमा अनुसन्धान भइरहेकाले अख्तियारका डीआईजी सरुवा गर्दा विवाद देखिएको हो। भिजिट भिसाको सेटिङमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई मुछिएका छन्। उनी अनुसन्धानमा तानिएपछि उनलाई अध्यागमनमा सरुवा गर्ने गृहमन्त्री र गृह मन्त्रालयका अन्य कर्मचारीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। यो पनि पढ्नुहोस् गृहमन्त्री लेखकद्वारा भिजिट भिसा काण्डको अनुसन्धान गरिरहेका डिआईजि श्रेष्ठको सरुवा