काठमाडौँ । गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै संसद्मा रहेका विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गरिरहैकै समय सोही काण्डको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको सरुवा व्यापक दबाबपछि रोकिको छ ।
भिजिट भिसा काण्डमा अख्तियारमा रहेर अनुसन्धान गरिरहेका नेपाल प्रहरीका डीआईजी हिमालयकुमार श्रेष्ठलाई शुक्रबार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै सरुवा गरेपछि गृहमन्त्री लेखकको नियतमाथि व्यापक प्रश्न उठेको हो । दबाबपछि गृह मन्त्रालयले लगत्तै सरुवा रोकेको छ । आफूमाथि समेत अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतको सरुवा गरेसँगै गृहमन्त्री लेखकको नियतमाथि समेत प्रश्न उठेको हो ।
गृहमन्त्री लेखकले ११ जना डीआईजीको पदस्थापन गर्नुअघि नै अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको एकल सरुवा भएको थियो र पनि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय गरेका थिए । तर, १३ गते (मंगलबार)को मितिमा भएको उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्रीको आलोचना हुन थालेपछि तत्काल कार्यान्वयन नगर्ने पक्षमा रहेको उनको सचिवालयले जानकारी दिएको छ । अब श्रेष्ठलाई अख्तियारबाट सरुवा नगरे रानीपोखरी कार्यालयमा ओमबहादुर रानालाई खटाइने भएको छ ।
यसअघि श्रेष्ठलाई अख्तियारबाट सरुवा गरेर रानालाई अख्तियारमा पदस्थापन गर्ने निर्णय भएको थियो । भिजिट भिसाको सेटिङमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई मुछिएका छन् । उनी अनुसन्धानमा तानिएपछि उनलाई अध्यागमनमा सरुवा गर्ने गृहमन्त्री लेखक र गृह मन्त्रालयका अन्य उच्च अधिकारीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ ।
अनुसन्धानमा खटिएका डीआईजी श्रेष्ठलाई सरुवा गरेर उक्त अनुसन्धाको जिम्मा दिन लागिएका भर्खरै बढुवा भएका डीआईजी रानाले अहिले पनि सत्तापक्ष र प्रतिपक्षसँग दोहोरो भूमिका निर्वाह गर्दै आएका छन् । आरोपी सहसचिव भट्टराईको मोबाइल ल्यापटपहरू फरेन्सिक ल्याबमा पठाउने विषयमा पनि फरक–फरक सुराकी भइरहेको बुझिएको छ र यसलाई पनि नक्कली भुटानी शरणार्थी काण्डजस्तै विवादास्पद बनाउने प्रयास भइरहेको छ ।
सत्ताधारीहरूले उक्त विद्युतीय उपकरणको नेपाल प्रहरीको सामाखुसीमा रहेको फरेन्सिक ल्याबमा परीक्षण गर्नुपर्ने अडान लिइरहेको छ भने विपक्षी दलहरूले यसलाई सिंगापुरमा पठाउनुपर्ने माग गर्न थालेका छन् । त्यही फरेन्सिक ल्याब परीक्षणको रिपोेर्टमा खेल्न र आफु अनुकूलको रिपोर्ट बनाउने दाउपेच अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा विवादको घेरामा तानिएको छ ।
गृह मन्त्रालयकै सचिव गोर्कणमणि दवाडी र अख्तियारमा कार्यरत सचिव नारायण शर्मा दवाडीको आपसी मिलेमतोमा सहसचिव भट्टराईलाई पक्राउ गर्न अख्तियारले गरेको निर्णय झण्डै नाकाम भएको थियो र त्यो प्रयास असफल भए पनि निरंकुश पञ्चायती शासकले बीपी र मनमोहन अधिकारीलगायतका नेता जेलबाट छुटेपछि आफू छुट्न नमानेका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई मध्यरातमा टेकुको खरिबोटमा लगेर स्थायी घर गोरखा बताउने, अस्थायी बसोबास यकिन नभएको वर्षयतिको गहुँगोरो वर्णको कृष्णप्रसाद भट्टराई नाम गरेको व्यक्तिलाई मध्यरातमा टेकुको खरिबोटमा मुचुल्का टाँसी छाडियो भनेर छाडेझैँ अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको मौखिक आदेशमा मध्यरातमा छाडिएपछि उक्त भिजिट भिसा काण्ड थप शंकाको घेरामा परेको थियो र त्यसलाई सामसुम पार्न छानबिनको जिम्मा श्रेष्ठबाट खोसेर रानालाई दिन खोजिएको थियो ।
यसअघि बौद्ध, रसुवा, भैरहवा, नेपालगञ्ज र पोखरा जहाँ–जहाँ गए पनि काण्डैकाण्डमा मुछिएका राना माओवादीका विभिन्न काण्डमा मुछिएका रामबहादुर थापा बादल, वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन पासाङ, पूर्वसभामुख कृष्णबहादुर महरा, टोप बहादुर रायमाझीका छोराहरूको अखडा मानिएको दरबारमार्गको मायालु घरका दिपक शेरचनको अड्डाको सदस्य रहेको बुझिएको छ । मुस्ताङका राजेन्द्र विष्ट, भरत गुरुङ र डीबी लामाको धन्दासँग जोडिएका पात्र हुन् । उनको पनि त्यहाँ आउजाउ बाक्लै रहेको छ ।