काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अटोमोबाइलमैत्री रहेको जनाएको छ ।
नाडाले एक विज्ञप्ति जारी गरी नाडाको नीतिगत सुझावलाई मनन् गरी अटोमोबाइलमैत्री बजेट आएको जनाएको हो । नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडाले विभिन्न मितिमा सरकारको मन्त्रालय एवं विभागमा दिएको नीतिगत सुझावहरू एवं सल्लाहहरूकै आधारमा बजेट आएको नाडाको भनाइ छ ।
‘यस बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौँदेखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीलाई प्रोत्साहित मात्र गरेको छैन । यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ’, नाडाले भनेको छ । आगामी मौद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा राखेको नाडाले जनाएको छ ।