काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटार प्रवेश गर्न जोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रमा लिएको हो । निषेधित क्षेत्र तोडेका थापासहित राजावादीहरूको समूह बालुवाटारमा प्रवेश गर्न खोजेको थियो । जेठ १५ गतेबाट राजावादीले आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको आन्दोलन आज नारायणचौरबाट सुरु भएको थियो ।