नयाँदिल्ली । इन्टरनेटमा १८ करोड ४० लाखभन्दा बढी मानिसहरूको युजरनेम र पासवर्ड लिक भएको छ । साइबर सुरक्षा अनुसन्धानकर्ता जेरेमिया फाउलरले एक रिपोर्टमा यो जानकारी दिएका छन् ।
फाउलरले भने कि इन्टरनेटमा कुनै सुरक्षाविनाको डाटाबेस फेला परेको थियो, जसमा लाखौँ मानिसहरूको प्रयोगकर्ता नाम र पासवर्डहरू थिए । यी पासवर्डहरू इमेल, सामाजिक सञ्जाल प्लेटफर्म र बैंक खाताहरूसँग सम्बन्धित छन् ।
लिक भएको डाटामा सरकारी पोर्टलहरूको लगइन विवरण पनि समावेश थियो । अधिकांश डाटा एप्पल, गुगल, फेसबुक, माइक्रोसफ्ट, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता प्रमुख प्लेटफर्महरूसँग सम्बन्धित थियो । यसबाहेक, बैंकिङ, स्वास्थ्य र सरकारी पोर्टलहरूको लगइन विवरणहरू पनि समावेश थिए ।