धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आजबाट आयोजना गरिरहेको पूर्व लगानी तथा विकास सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी आइपुगेकी छिन् ।
धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री राणालाई स्वागत गरे । आगामी असोजमा आयोजना गर्ने लगानी सम्मेलनको पूर्व तयारीस्वरूप प्रदेश सरकारले जेठ २० र २१ गते दुई दिन लगानी तथा विकास सम्मेलन गर्दैछ । मन्त्री राणाले पूर्व सम्मेलनलाई सम्बोधन गर्ने छिन ।
सम्मेलनमा दुई पक्षीय विकास साझेदार संस्था, छिमेकी राष्ट्र, व्यावसायिक प्रतिष्ठान, सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित बहुपक्षीय, स्वदेशी तथा विदेशी लगानीकर्ता, बैँक तथा वित्तीय संस्था, गैर आवासीय नेपाली लगायतको सहभागिता रहने छ ।