काठमाडौं । विकास बैंकहरूको चुक्ता पुँजी ४३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम (२०८१ चैत मसान्त)सम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूको कुल चुक्ता पुँजी ४३ अर्ब पाँच करोड ५० लाख रुपैयाँ पुगेको हो । यो चुक्ता पुँजी गत आर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा ८८ करोड ४० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको कुल चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरूमध्ये राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा चार अर्ब २९ करोड ६४ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । गत आवको सोही अवधिमा यो बैंकको चुक्ता पुँजी चार अर्ब १७ करोड १३ लाख २० हजार रुपैयाँ थियो । क्षत्रीयस्तरको नारायणी र कर्णाली डेभलपमेन्ट बैंकले पनि गत चैत मसान्तसम्म क्रमशः २६ करोड २४ लाख ७० हजार र ५० करोड २८ लाख ३० हजार रुपैयाँ चुक्ता पुर्याएका छन् । गत आवको सोही अवधिमा यी दुई बैंकहरूको चुक्ता पुँजी अहिलेको जति नै थियो ।
राष्ट्रियस्तरको सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी भने पछिल्लो अवधिमा तीन अर्ब ५५ करोड ५२ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको चुक्ता पुँजी तीन अर्ब ४३ करोड नौ लाख ७० हजार रुपैयाँ थियो । क्षत्रीयस्तरको एक्सेल र मितेरी डेभलमेन्ट बैंकले पनि क्रमशः एक अर्ब २४ करोड ९६ लाख ८० हजार र एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएका छन् । गत आवको सोही अवधिमा यी दुई बैंकहरूको चुक्ता पुँजी क्रमशः एक अर्ब २४ करोड ९६ लाख ९० हजार र एक अर्ब ११ करोड १४ लाख ३० हजार रुपैयाँ थियो ।
राष्ट्रियस्तरको मुक्तिनाथ, गरिमा र कामना सेवा विकास बैंकले गत चैत मसान्तसम्म क्रमशः सात अर्ब चार करोड ६९ लाख ४० हजार, पाँच अर्ब ६८ करोड पाँच लाख २० हजार र तीन अर्ब ५१ करोड आठ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः सात अर्ब चार करोड ६९ लाख, पाँच अर्ब ६८ करोड र तीन अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका थिए । कर्पोरेट डेभलपमेन्ट बैंको चुक्ता पुँजी अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी कायम छ । एक वर्षअघि यो बैंकको चुक्ता पुँजी अहिले जति नै थियो ।
ज्योति, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकले पनि पछिल्लो अवधिमा क्रमशः चार अर्ब ३९ करोड ५७ लाख ९० हजार, चार अर्ब ८७ करोड ५७ लाख र तीन अर्ब ६२ करोड ८६ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो चुक्ता पुँजी क्रमशः चार अर्ब ३९ करोड, चार अर्ब ७३ करोड र तीन अर्ब ५१ करोड रुपैयाँ थियो ।
क्षेत्रीयस्तरको सिन्धु र साल्पा विकास बैंकले भने पछिल्लो अवधिमा क्रमशः ५५ करोड ७४ लाख र ३५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो चुक्ता पुँजी चालु आव वर्षकै बराबर थियो । क्षेत्रीयस्तरकै सप्तकोशी र ग्रिन डेभलपमेन्ट बैंकले पनि चालु आवको पछिल्लो अवधिमा क्रमशः ८३ करोड ४३ लाख ४० हजार र ५६ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । गत आवको सोही अवधिमा यी दुई बैंकहरूको चुक्ता पुँजी क्रमशः ८३ करोड ४३ लाख र ५१ करोड ९० लाख रुपैयाँ थियो ।