काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याक्वेटमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामा सेयरधनीका लागि लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।