काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड २३ लाख ८० हजार रुपैयाँँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ७२ लाख ९८ हजार रुपैयाँँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ५१ लाख ४८ हजार रुपैयाँँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ३४ करोड १० लाख ५५ हजार रुपैयाँँ निक्षेप संकलन गरी दुई अर्ब ३९ करोड ३६ लाख ९४ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ५८ लाख ६१ हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले एक अर्ब १५ करोड ९९ लाख ३४ हजार रुपैयाँँ निक्षेप संकलन गरी दुई अर्ब १६ करोड ३२ लाख १२ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ४१ लाख ६९ हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।