काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समानताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् । उनले रगत सबैको रातै रङको हुनेहुँदा मानवताभन्दा माथि कुनै जात नभएको बताए ।