काठमाडौं । राजावादीहरुको बुधबार बसेको बैठकमा आन्तरिक बिबाद देखिएपछि स्थगित भएको छ । (राप्रप्रा)का अध्यक्ष राजेन्द्र लिङ्देल संसदमा गएको खबर प्राप्त भएपछि राजावादी कार्यकर्ताले बैठकमा हो हल्ला गरेका थिए ।

बैठकमा असहज स्थिति देखापरेपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले कार्यक्रम स्थगित गरेका थिए । कार्यकत्ताहरुले बैठकमा पत्रकार प्रवेश गराएको भन्दै आपत्ति समेत जनाएका थिए ।