काठमाडौं, साउन २२ नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सुझाव दिन महासंघको बुधबार बसेको बैठकले छ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा चन्द्र ढकाल पक्षबाट डीबी बस्नेत, विनोद ढकाल, भरत आचार्य र किशोर प्रधान पक्षबाट अरुण सुमार्गी, सुनिलगोपाल श्रेष्ठ र रञ्जित आचार्य रहेका छन् । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको छ ।