काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । राष्ट्र बैंकका अनुसार पण्डित जेठ २१ गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएका हुन् ।

विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतमा काम गरेको अनुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।