काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५४ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १९ करोड ६० लाख दुई हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड ४७ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९० करोड ४४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ८३ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९७ करोड ९५ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६२ करोड ८७ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।