काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १२ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि पाँच दशमलव ९९ अंकले ओरालो लागेर २६ सय ४० दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज स्थिर देखिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ७७ हजार छ सय ७० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख आठ हजार आठ सय नौं कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ९७ करोड आठ लाख ८६ हजार छ सय ६३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।