काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा बिहीबारदेखि इजलास सञ्चालनमा ल्याएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाका अनुसार प्राधिकरणमा दायर भएका बीमासम्बन्धी उजुरी शीघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिबद्धता जनाएअनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।
अध्यक्ष ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्य मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा बिहीबार नयाँ कक्षमा इजालास बसेको छ । प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।