उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बनारपप्रति सरकार सकरात्मक रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । बजेटमा पनि पुँजी बजारलाई प्राथमिकता थिइएको उनको भनाई छ । धितोपत्र बोर्ड कुनै पनि प्रभाव र दबाबमा पर्न नहुनेमा उनले जोड दिए । उनले सरकार पुँजी बजारको विकास र विस्तारमा सँधै सकारात्मक रहेको जानकारी गराएका थिए। बोर्ड सँधै इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्ने बताए । बजारको बेथिती र अनियमिता विरुद्ध बोर्डले काम गर्नुपर्ने उनको भनाई छ । बोर्डले कसैको दबाब र प्रभावमा नपरि लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए । ‘