काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टेलिकम बिलिङ प्रकरणमा नेपाल टेलिकमका १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा जोडिएका बाकी २४ जनालाई भने उनमुक्ति दिएको छ । मुद्दा बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित दर्ता गरिएको मुद्दामा १८ जनालाई मात्र मुद्दा दर्ता गर्नुले आश्चय प्रकट भएको छ । अख्तियारले यो भन्दा अगाडी ललिता निबास काण्ड, पतन्जली काण्डमा जस्तै टेलिकम बिलिङ प्रकरणमा पनि जरै सम्म नपुगेर मुद्दा कमजोर बनाउन खोजेजस्तो देखिएको छ ।
नितिगत तहमा संलग्न भएका कर्मचारी र केहि उच्च पदका पदाधीकारीले भने अख्तियारबाट क्लिन चिट पाएजस्तो देखिएको छ । टेलिकम बिलिङ प्रकरणमा पनि अख्तियारले २४ जनामाथि मुद्दा नचल्ने निर्णय गरेको छ । जसमा तत्कालीन सञ्चालक समिति सदस्यहरु र कम्पनीका केही बरिष्ठ अधिकारीहरु समावेश रहेका छ ।
अख्तियारले मद्दा नचलाएका हरुमा टेलिकमका सञ्चालक समिति सदस्यहरू रहेका सहसचिवहरु भुपाल बराल, उत्तरकुमार खत्री एवं अरु सदस्य शंकर लामिछाने ,कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी, तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठ, तत्कालीन निर्देशक राधाकृण्णा ढुङ्गेल, तत्कालीन नायव प्रबन्धक निर्देशक मिनु प्रधान , कम्पनीका तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धकहरू हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुवोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मी,यसैगरी कम्पनीका तत्कालीन उपप्रबन्धकहरू मणिराज पौडेल, सुदिपराज घिमिरे, सरोज प्रधान, सन्तोष भण्डारी र तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कामाथि मुद्दा नचलाउने निर्णय गरेको छ ।अख्तियारले बाकि १८ जना बिरुद्ध मुद्दा चलाएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी र सुनिल पौडेलसहित सहित १८ जना रहेका छन् ।