काठमाडौं । सिटिजन्स बैंकले कोशी प्रदेशमा वृक्षरोपण सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारको दिन कोशी प्रदेशको विराटनगरमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । विश्व वातावरण दिवस २०२५ को दिन बृहत् वृक्षरोपण कार्यक्रम विश्वकर्मा चोक वडा नम्बर ८ मा करिब एक सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरुबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।