काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये न्युरोड शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौंस्थित सञ्चय कोष भवनबाट यही जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । बैंकले नेपालभरि फैलिएका एक सय ७४ शाखा वटा शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, दुई सय ८६ वटा एटीएम, आठ हजारभन्दा बढी पस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।