काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंको मैत्री सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामाग्री उक्त आश्रमलाई हस्तान्तरण गरियो । हाल यस आश्रममा ३० जना आश्रित आमाबुबाहरुले सेवा लिँदै आइरहेका छन् ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरूमर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपत् व्यवस्थापनजस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयासमार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।
कम्पनीले देशभर एक सय ६९ वटा शाखा सञ्जाल रहेको कम्पनीको पुँजी पाँच अर्बभन्दा बढी, २० अर्बभन्दा बढीको लगानी रहेको छ । कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत रहेका छन् ।