काठमाडौं । टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०/१२० सेमी) सार्वजनिक गरेको छ । नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीको दाबी छ । विश्वस्तरीय मापदण्डअनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐनाजस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट र सुपर–स्मुथ फिनिस रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउँछ । अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल पाँच तारे होटल, लक्जरी मल, उच्चस्तरीय सोरूम तथा अन्य प्रिमियम इन्डोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो ।
कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन ल्याइराख्ने बताए । ६०/१२० सेमीको एचडी पोलिस्ड टायल सधैँ उत्कृष्टता खोज्नेहरूका लागि बनाइएको टायल हो । उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ । प्रिमियम प्रिन्ट र चम्किलो फिनिससहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ । पाँच स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यावसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एचडी पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ । यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रूचिहरूलाई ध्यानमा राख्दै तीन हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्ने गरेको छ ।